सभामुखले गरे संसद बैठक तयारीको अवलोकन – Nepal Press

सभामुखले गरे संसद बैठक तयारीको अवलोकन

नेपाल प्रेस २०७७ फागुन १९ गते ११:२०
२०७७ फागुन १९ गते ११:२०

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे राजनीतिक दलका नेताहरुसँग परामर्श गर्ने बताएका छन् ।

मंगलबार संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठककक्षको अवलोकन पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भोलि बुधबारदेखि नै दलका नेताहरुसँग छलफल शुरु गर्ने बताएका हुन् ।

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पारे । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।