भारत र इंग्ल्याण्डबीचको निर्णायक टेष्ट बिहीबारदेखि, अष्ट्रेलियाको समेत चासो – Nepal Press

भारत र इंग्ल्याण्डबीचको निर्णायक टेष्ट बिहीबारदेखि, अष्ट्रेलियाको समेत चासो

एजेन्सी । भारत र इंग्ल्याण्डबीच चौथो तथा निर्णायक टेष्ट बिहीबारदेखि सुरु हुँदैछ । अहमदाबादस्थित नवनिर्मित विश्वकै सबैभन्दा ठूलो नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने टेष्टले विजेता टुंगो लगाउनेछ ।

यसअघि पहिलो टेष्ट जितेको इंग्ल्याण्डले त्यसयताका दुवै टेष्टमा पराजय ब्यहोरेपछि भारत श्रृंखलामा २–१ले अगाडि छ । ।

सोही रंगशालामा भएको तेस्रो टेष्ट स्पिनरहरु अक्सर पटेल र रविचन्द्रन आश्विनको घातक बलिङपछि भारतले २ दिनमै जितेको थियो । तेस्रो टेष्टमा यी दुई मिलेर १८ विकेट लिएका थिए ।

यो टेष्ट भारत र इंग्ल्यान्ण्डका लागि मात्र होइन, अस्ट्रेलियाका लागि पनि उत्तिकै महत्वपूर्ण छ । आईसीसीको नयाँ अवधारणा अनुसार दुई वर्षअघि सुरु भएको विश्व टेष्ट च्याम्पियनसिपको एउटा फाइनलिष्ट टोली टुंगो लाग्न बाँकी छ । न्युजिल्याण्ड यसअघि नै फाइनलमा पुगिसकेको छ ।

आगामी जुलाइमा लर्डसमा हुने फाइनलका लागि समीकरण यस्तो बनेको छ कि यो टेष्टमा भारत विजयी वा बराबरी भएमा भारतले श्रृंखलासहित विश्व च्याम्पियनसिपको फाइनलमा पनि स्थान बनाउनेछ ।

यदि इंग्ल्याण्डले जितेमा उसले श्रृंखला बराबरी गर्नेछ र विश्व च्याम्पियनसिपको फाइनलमा अष्टे«लिया पुग्नेछ । यो खेलको नतिजा जे आए पनि विश्व च्याम्पियनसिपको यात्रामा भने इंग्लयाण्डलाई केहि फरक पर्ने छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *