ताप्लेजुङको आगलागीप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त – Nepal Press

ताप्लेजुङको आगलागीप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट क्षति भएकोमा दुख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आगलागी प्रभावितहरूका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकार समक्ष आग्रह गरेकी छिन्।

सामाजिक सञ्जाल टीटरमा लेख्दै उनले हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वतयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचना विकास गर्नुपर्ने खाँचो रहेको बताएकी छिन् ।

आगलागीबाट चार दर्जनभन्दा बढी घरसहित ठूलो मात्रामा धनमालको क्षति भएको थियो ।

विहान ९ बजेबाट लाग्न शूरु भएको आगो अहिले नियन्त्रणमा आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर