नेप्से करीब ६० अंकले घट्दा साल्ट ट्रेडिङको मूल्य भने १० प्रतिशतले बढ्यो – Nepal Press

नेप्से करीब ६० अंकले घट्दा साल्ट ट्रेडिङको मूल्य भने १० प्रतिशतले बढ्यो

काठमाडौं । नेप्से परिसूचक मंगलबार ५९ दशमलव ७० अंकले घटेको छ । लगातार लामो समयदेखि बुलिस ट्रेण्डमा रहेको नेप्सेमा आइतबार करीब ८० अंकको करेक्सन भएको थियो ।

सोमबार भने नेप्से लयमा फर्कदै ४० अंकले वृद्धि भएको थियो । पुन मंगलबार नेप्सेमा गिरावट आउँदै २४५५.३३ विन्दुमा कारोबार बन्द भएको छ । दिनभर घटेको नेप्से कारोबार दुई बजेर ३० मिनेट जाँदा ७७ अंकले घट्न पुगेको थियो ।

पुन लयमा फर्कदै नेप्से अन्त्यमा करीब ६० अंकको गिरावटमा फर्कियो । आज भएको १ कराेड  ३१ लाख ६ हजार ७३८ कित्ताको किनबेचमा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर काराबार सबैभन्दा धेरै २८ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी निफ्राको शेयर पनि २५ करोड मूल्य बराबरको भएको छ ।

आज सबैभन्दा बढी कमाउनेमा साल्ट ट्रेडिङ कम्पनी रहेको छ । साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक समेत लागेको थियो ।

अरुवेला साल्ट ट्रेडिङको शेयर कारोबार केही हजारको संख्यमा हुनेमा आज भने १५ हजार २१५ ओटा शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर