माधव नेपाल भन्छन्- प्रधानमन्त्रीलाई हामी सुरक्षा दिन्छौं – Nepal Press

माधव नेपाल भन्छन्- प्रधानमन्त्रीलाई हामी सुरक्षा दिन्छौं

विराटनगर । प्रचण्ड-माधव पक्षीय नेकपाका एक अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई सुरक्षा चुनौती भएको भए आफ्नो पार्टी सुरक्षा दिन तयार रहेको बताएका छन् ।

प्रेस संगठन नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले कार्यकारी प्रधानमन्त्री नै असुरक्षित हुने कुरा सामान्य विषय नभएको टिप्पणी गरे ।

सोमबार झापामा एक कार्यक्रममा प्रधानमन्त्रीले सम्पूर्णरूपले आफूमाथि अत्यन्तै तीब्र गतिले प्रहार भइरहेको भन्दै ज्यान तल-माथि भइहाल्यो भनेपनि अनौठो नमान्नुहोला भनेका थिए ।

नेपालले ‘प्रतिगमनकाविरुद्ध आन्दोलनमा रहेकाहरू’सँग सरकारमा सहकार्य हुने पनि बताए । उनले भने‘प्रतिगमनका मतियारहरू पनि सच्चिएर आउँछन् भने पश्चाताप गर्छन् भने पार्टीका साथीहरूलाई स्वागत गरिनेछ ।’

पूर्वप्रधानमन्त्री नेपालले संसद अधिवेशनसँगै राजनीतिक गतिरोध सहजतातर्फ अघि बढ्ने दाबी गरेका छन् ।

प्रधानमन्त्रीविरुद्ध संसद सचिवालयलमा दर्ता गरेको अविश्वासको प्रस्ताव अघि बढा बढाउने विषयमा नेता नेपालले तत्काल केही नबोल्ने बताए ।

त्यसका लागि प्रतिगमनको विपक्षमा रहेका प्रमुख तीन दलसँग छलफल गर्ने भन्दै उनले भने ‘हामीले दर्ता गरेको प्रस्तावमा सहयोग गर्नुस् सक्नुहुन्न भने तपाईहरु प्रस्ताव अगाडि बढाउनुस् हामी सहयोग गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर