सुनको मूल्य ओरालो लाग्दै, एकैदिन तोलामा एक हजार ७०० ले घट्यो – Nepal Press

सुनको मूल्य ओरालो लाग्दै, एकैदिन तोलामा एक हजार ७०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । हिजो अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै एक हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजार रुपैयाँमा कारोवार भइरहेको छ । सोमबार छापवाल सुन तोलामा ८८ हजार ७०० रुपैयाँ मा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० रुपैयाँमा कारोवार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा ४० रुपैयाँले घटेको छ । सोमबार एक हजार ३३० रुपैयाँमा कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २९० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर