पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ मूल्यबृद्धि – Nepal Press

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ मूल्यबृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पुनः बृद्धि गरेको छ ।

निगमले भारतीय आयल निगमबाट प्राप्त मूल्य अनुसार फागुन १७ गते राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ वृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मट्टितेल ९९ सय रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । यो बृद्धिले पनि निगम घाटामै रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *