सभामुख सापकोटा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता – Nepal Press

सभामुख सापकोटा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हालेका नेपालका लागि अस्ट्रेलियाका राजदूत Ms. Felicity Jane Volk बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूतलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

सभामुख सापकोटाले अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुसी व्यक्त गरे । उनले अस्ट्रेलियाको १ सय २० बर्ष लामो संघीयता सम्बन्धी असल अभ्यास नेपालका लागि सिकाई हुनसक्ने बताए ।

संघीय संसदमा नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह रहेको बताउँदै सभामुख सापकोटाले कोभिड नियन्त्रण पछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद–संसदबीचको सहकार्य थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे । नेपाली विद्यार्थीको ठूलो संख्या अस्ट्रेलियामा उच्च शिक्षाका लागि अध्ययन र रोजगारीमा समेत रहेको बताउँदै उनले यो अवसरका लागि अस्ट्रेलियाली सरकारलाई धन्यवाद व्यक्त गरेको सभाभुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

राजदूत Ms. Felicity Jane Volk ले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवद्र्धन र संघीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिवद्धता जनाएका छन् । उनले आफ्नो देशमा संघीयताको लामो इतिहास भए पनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अस्ट्रेलियाले एक अर्काबाट सिक्नु पर्ने धेरै विषय रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर