राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत – Nepal Press

राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।

नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर