‘भन्नलाई मात्रै स्मार्ट सिटी होइन, देख्नलाई पनि स्मार्ट सिटी’ – Nepal Press

‘भन्नलाई मात्रै स्मार्ट सिटी होइन, देख्नलाई पनि स्मार्ट सिटी’

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडी बढाइरहेको बताएका छन् ।

सोमबार शहरी विकास मन्त्रालयमा काठमाडौंमा बन्दै गरेका तीन स्मार्ट सिटीको बारेमा जानकारी दिन आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री साहले काठमाडौंमा बन्ने ४ स्मार्ट सिटीमध्ये ३ वटा स्मार्ट सिटीको काम अगाडी बढेको भन्दै काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई पनि सँगै लान खोजिएका बताएका हुन् ।

मन्त्री शाहले उपत्यका बाहिरका पनि स्मार्ट सिटीहरुलाई पनिसँगै लान खोजिरहेको बताए ।

उनले भने ,‘भन्नलाई मात्रै स्मार्ट सिटी होइन, देख्नलाई पनि स्मार्ट सिटी । भन्नलाई त हामी सबै चुनावको बेला भन्यौ स्थानिय तहदेखी लिएर सबै तहमा हामी स्मार्ट सिटी बनाउँदैछौ भन्ने चर्चा व्यापक भइरहेकै खण्डमा अब यो चर्चाको विषय हुनुहुदैन । हेर्ने विषय र व्यवहारतः हामीले लागू गर्ने विषय बनाउनुपर्छ भन्ने दिशामा मन्त्रालय अगाडी बढेको छ । बाहिरको पनि दशवटा स्मार्ट सिटीको काम अगाडी बढाइरहेका छौँ । र काठमाडौंमा व्यहारतः ३ वटा शहरको काम अगाडी बढेको छ ।’

मन्त्री साहले काठमाडौं उपत्यका देशको मुटु भएकाले यहाँको बसोबास र भौतिक पूर्वाधारको स्तर देशको मान र सम्मानसँग जोडिने भएकाले नेपाललाई विश्वमा प्रतिस्पर्धा गर्न सकिन्छ सकिन्न र हाम्रा सिटीहरु कुन स्थानमा रहन्छन् भन्नेतर्फ मन्त्रालयले सोचेको पनि बताए ।

काठमाडौंको भद्रगोल शहरीकरणलाई योजनाबद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा स्मार्ट सिटी निर्माण कार्य गरिदै गरेको उनको भनाई छ ।

उनले भने– अहिले अगाडी सारिएको प्रोजेक्ट त्यो उचाइमा छुन्छ कि छुदैन । विश्वको जो प्रतिस्पर्धा छ त्यसमा हाम्रा सिटीहरुले कुन स्थानमा रहन्छ त हाम्रा सिटीका व्यवस्थापन ? त्यो हाइटबाट सोचिरहेका छौँ । काठमाडौंमा आफ्नै ढंगले शहरीकरण भइरहेको छ । त्यो भद्रगोल शहरीकरणलाई एउटा योजनावद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा यसलाई बुझ्न जरुरी छ ।’

उनले स्मार्ट सिटी बनाउने काम छिटो गर्नुपर्ने र छिटो बनाउने नाममा कानुन विपरित गर्नु नहुनेमा जोड दिए। स्मार्ट सिटी आम देशबासीको सम्मानसँग जोडिएको महत्वांकाक्षी योजना भएको भन्दै यसलाई सबैको सरोकार जोड्ने गरी अगाडी बढाउने पनि मन्त्री साहले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *