भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष, ट्युमरको अपरेसन गर्न चिकित्सकको सुझाव – Nepal Press

भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष, ट्युमरको अपरेसन गर्न चिकित्सकको सुझाव

दिल्ली । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । विभिन्न परीक्षणपछि चिकित्सकहरुले भट्टराईको ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन् ।

ट्युमरलाई भने छिटै अपरेसन गरेर फाल्नुपर्ने चिकित्सकको सुझाव छ । छिटै ट्युमरको अपरेसन नगरे क्यानसर हुनसक्ने डा. प्रोफेसर विक्रम भाटियाले बताएका छन् ।

भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो ।

भट्टराई स्वास्थ्य परीक्षण सकेर मंगलबार स्वदेश फर्कदैँ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर