प्रचण्डको ‘कम्फरटेबल’ अभिव्यक्तिको विरोधमा ओलीपक्षीय विद्यार्थीको आज पनि प्रदर्शन – Nepal Press

प्रचण्डको ‘कम्फरटेबल’ अभिव्यक्तिको विरोधमा ओलीपक्षीय विद्यार्थीको आज पनि प्रदर्शन

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष प्रचण्डले आफूहरू र कांग्रेस तथा जसपाको सरकार बन्दा भारतलाई पनि ‘कम्फरटेबल’ हुने भनी दिएको अभिव्यक्तिलाई नेकपाको केपी ओलीपक्षीय विद्यार्थीहरूले विरोधको विषय बनाएका छन् ।

शनिबारै रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौं अगाडि प्रदर्शन गरेका ओली पक्षीय अनेरास्ववियूका विद्यार्थीले आइतबार काठमाडौं, पोखरालगायतका क्याम्पस अगाडि पनि प्रदर्शन गरेका छन् ।

पश्चिमाञ्‍चल इन्जिनियरिङ क्याम्पस पोखराका विद्यार्थीले ‘हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड लैजाऊ’ भन्ने प्लेकार्ड राखेर व्यंग्य गरेका थिए । काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि पनि ओलीपक्षीय विद्यार्थीले प्रचण्डको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर