विद्यार्थीसँग ३६ लाख रुपैयाँ धरौटी माग ! – Nepal Press

विद्यार्थीसँग ३६ लाख रुपैयाँ धरौटी माग !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको अभियोग लागेका नेपाल विद्यार्थी संघका ६ जना विद्यार्थीसँग उच्च अदालत पाटनले ३६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

मुख्य न्यायाधीश कुमार चुँडालको एकल इजलासले बिहीवार नेविसंघ त्रिविका अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावलसहित ६ जनासँग ३६ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

उनीहरूसँग उपचार खर्चबापत एक-एक लाख रुपैयाँ समेत लिन आदेश दिइएको छ । नेविसंघ अध्यक्ष आचार्यले भने उप-प्राध्यापक चलाउनेले १० दिन मेडिसिटी अस्पतालमा उपचार गर्दाको खर्च त्रिविले व्यहोरिसकेको र उनी झडपमा सामान्य घाइते मात्र भएको दाबी गरेका छन् ।

आचार्यले नेपाल प्रेससँग भने, ‘विद्यार्थी संगठनले लगाएको ताला खोल्न उहाँ आफैं आएपछि सामान्य झडप भएको विषयलाई राजनीतिक आपराधीकरण गरियो । मेडिसिटीमा उपचार गरेको खर्च त्रिविले तिरेको छ । विद्यार्थीसँग ३६ लाख धरौटी मागिएको छ, हामीले कहाँबाट तिर्ने ?’

धरौटी रकम नबुझाए जायजेथाबाट असुल गर्ने आदेश दिइएको छ । उप-प्राध्यापक चलाउनेमाथि २०७७ असोजमा आक्रमण भएको थियाो ।

उनले आचार्य र रावलसहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । यसअघि जिल्ला अदालतले सामान्य धरौटीमा उनीहरूलाई छाडेको थियो ।


प्रतिक्रिया

One thought on “विद्यार्थीसँग ३६ लाख रुपैयाँ धरौटी माग !

  1. सहि निर्णय गरेछ अदालत ले राजनिती को नाम मा आफ्नै गुरु माथी आक्रमण गर्ने पसु हरु लाई यो सजाय पनि कम भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर