तीन दिनदेखि लगातार घट्दै सुनको मूल्य, आजको मूल्य कति ? – Nepal Press

तीन दिनदेखि लगातार घट्दै सुनको मूल्य, आजको मूल्य कति ?

काठमाडौं  । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा ८८ हजार ८५० रुपैयाँका कारोवार भएको थियो ।

नेपाली बजारमा तीन दिनदेखि लगातार सुनको मूल्यमा गिरावट आएको छ ।मंगलबार तोलामा ११ सयले बढेको सुन त्यसपछि घट्न पुगेको हो ।

यसै गरी चाँदी तोलामा २० रुपैयाँले घटेको छ । एक हजार ३५५ रुपैयाँमा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार ३३५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर