फेसबुक र गुगलले अष्ट्रेलियामा पैसा तिर्नुपर्ने, संसदले पारित गर्‍यो कानुन – Nepal Press

फेसबुक र गुगलले अष्ट्रेलियामा पैसा तिर्नुपर्ने, संसदले पारित गर्‍यो कानुन

काठमाडौं । फेसबुक र गुगलले अबदेखि अष्ट्रेलियामा समाचार कन्टेन्ट बापत मिडिया हाउसलाई पैसा तिर्नुपर्ने भएको छ ।

विश्वमै पहिलोपटक अष्ट्रेलियाले विहिबार ठूला प्रविधि कम्पनीले आफ्नो प्लेटफर्ममा प्रयोग हुने न्यूज कन्टेन्टलाई पैसा तिर्नुपर्ने कानुन पारित गरेको छ । यो कानुनको विपक्षमा फेसबुक र गुगलजस्ता ठूला अमेरिकी प्रविधि कम्पनी उभिएका छन् ।

गतसाता फेसबुकले अष्ट्रेलियामा समाचार कन्टेन्टमा रोक लगाएको थियो तर, सरकारसँगको सहमतिपछि भने निर्णय फिर्ता लियो । उक्त सहमतिपछि अष्ट्रेलिया सरकारले प्रस्तावित कानुनमा केही परिवर्तन गर्दै कानुन ल्याएको हो ।

अष्ट्रेलियामा फेसबुक र सरकारको रस्साकस्सी, तरंग नेपालसम्म

उक्त सहमतिअनुसार फेसबुक र गुगल केही ठूला अष्ट्रेलियाली मिडिया हाउसलाई निश्चित रकम तिर्न सहमत भएका छन् । यो सहमतिले कतिपयले ठूला प्रविधि कम्पनी झुकेको रुपमा लिइएका छन् ।

अष्ट्रेलियाको उक्त कानुनलाई कतिपय देशले टेस्ट केसको रुपमा पनि हेरेका थिए । विहिबार अष्ट्रेलियाको प्रतिनिधि सभाले उक्त कानुन पारित गरेको हो । फेसबुक र गुगलले यो विवादलाई इन्टरनेटले कसरी काम गर्छ भन्ने आधारभूत कुरामा गलत बुझाइ भएको बताउँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर