सीडीएससीले ल्यायो नयाँ नियम अब आईपीओको नतिजा यी तीन ठाउँबाट मात्र हेर्न पाइने – Nepal Press

सीडीएससीले ल्यायो नयाँ नियम अब आईपीओको नतिजा यी तीन ठाउँबाट मात्र हेर्न पाइने

काठमाडौं । कम्पनीहरुले निष्कासन गर्ने आईपीओको नतिजा अब तीन ठाउँबाट मात्र हेर्न सकिने भएको छ । यो भन्दा अघि आईपीओ बाँडफाँट भएको नतिजा विभिन्न सञ्चार माध्यमबाट हेर्न सकिन्थ्यो ।

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा अबदेखि सञ्चार माध्यमबाट नभइ सम्बन्धित कम्पनीको वेवसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेवसाइटबाट मात्र हेर्न पाइने बनाएको हो ।

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडमा आईपीओ नतिजा विभिन्न सञ्चार माध्यममा प्रकाशित हुँदा लगानीकर्ताले गुनासो गरेका थिए ।

यो निणर्य भएसँगै शुक्रबार बाँडफाँट हुने भनिएको महिला लघुवित्तको आइपीओको नतिजा अब यी तीन ठाउँबाट मात्र हेर्न सकिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर