खुशी मनाउँदै प्रचण्ड-माधव पक्षको विजय जुलुस – Nepal Press

खुशी मनाउँदै प्रचण्ड-माधव पक्षको विजय जुलुस

नेपाल प्रेस २०७७ फागुन १२ गते १९:०१
२०७७ फागुन १२ गते १९:०१

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड-माधव पक्षले संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै विजय र्‍याली निकालेको छ ।

काठमाडौंको शान्तिबाटिकामा भेला भएका नेता कार्यकर्ताहरू विजय उत्सवमा सहभागी भएका छन् । विजय र्‍याली रत्नपार्क, जमल, बागबजार पुतलीसडक हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ । सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसलापछि प्रचण्ड-माधव पक्षीय नेकपा उत्साहित बनेको छ । खुशियालीमा आज देशभर विजय सभा गर्न जिल्ला र मातहतका कमिटीलाई बिहानै निर्देशन दिइएको थियो ।