राजीनामा दिए ओलीप्रति सकारात्मक हुन सकिन्छ : भीम रावल – Nepal Press

राजीनामा दिए ओलीप्रति सकारात्मक हुन सकिन्छ : भीम रावल

कैलाली । नेकपा प्रचण्ड-माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

धनगढीमा पत्रकारमाझ रावलले अंसैवधानिक कदमको आत्मआलोचना गरी प्रधानमन्त्रीबाट राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्ने बताए ।

‘सर्वोच्चले जनताको पक्षमा फैसला गरेको छ’, रावलले भने, ‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । ’ ओलीको पक्षमा रहेकाहरूलाई फर्किनसमेत उनको आग्रह छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर