श्यामश्वेत फोटोमा लुकेको मनीषा ‘योजना’, छायाँकन सेटबाट तस्विर सेयर – Nepal Press

श्यामश्वेत फोटोमा लुकेको मनीषा ‘योजना’, छायाँकन सेटबाट तस्विर सेयर

काठमाडौं । अभिनेत्री मनीषा कोइराला एकवर्ष यता काठमाडौंमा छिन् । नेपाली राजधानीमै रहेर उनले केही प्रोजेक्टमा काम गरिरहेकी छिन् । म्युजिक भिडियो छायांकन, गायनदेखि राजनीतिक गतिविधिमा समेत उनको सक्रियता देखिन्छ ।

यसैसाता उनले इन्स्टाग्राममा एउटा श्यामश्वेत तस्विर सेयर गरिन् । अलेक्जेन्डर ग्रामवेलको भनाइलाई क्याप्सन लेखेर उनले काममा व्यस्त भएको उल्लेख गरेकी छिन् । यो स्टाइलिस तस्विरमा मनीषालाई कर्ली हेयर, ब्लाउज, डार्क जिन्स र सुजमा देख्न सकिन्छ ।

कुनै छायाँकन सेटबाट उनले तस्विर सेयर गरेको बुझ्न कठिन छैन । स्रोतका अनुसार मनीषा अहिले केही नेपाली कर्पोरेट विज्ञापन मोडलिङमा व्यस्त छिन् । ठूलै राशीमा मनीषाले यी विज्ञापन खेलिरहेको उनी निकट स्रोतहरुले जनाएका छन् ।

चाँडै उनी दिवाकर बनर्जीले निर्देशन गर्ने नेटफिल्क्सको प्रोजेक्टमा देखिने जनाइएको छ । लकडाउनको समयमा नेपाल आएकी मनीषाले पुस २७ गते पृथ्वी जयन्ती मनाउन आफ्नो सक्रियता देखाएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर