धुम्बाराहीमा सचिवालय बैठक बोलाउन ओली र प्रचण्डलाई वामदेवको आग्रह – Nepal Press

धुम्बाराहीमा सचिवालय बैठक बोलाउन ओली र प्रचण्डलाई वामदेवको आग्रह

प्रधानमन्त्री राजीनामा देऊ, राष्ट्रपतिले विज्ञप्ति जारी गरी संसद बोलाऊ

काठमाडौं । विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

गौतमले बुधवार प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीले ढिला नगरी राजीनामा दिनुपर्ने र राष्ट्रपतिले प्रेस विज्ञप्तिमार्फत अदालतको निर्णयको स्वागत गर्दै प्रतिनिधिसभा वैठक आह्वान गर्नुपर्ने बताएका हुन् ।

गौतमले नेकपा विभाजनलाई अश्वीकार गर्दै दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाउन अनुरोध समेत गरेका छन् ।

हाल धुम्बाराहीमा ओली पक्षको कार्यालय छ । गौतमले सर्वोच्चको फैसलालाई ऐतिहासिक भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *