भारतीय बजारमा ४५ दिनमा २४ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य – Nepal Press

भारतीय बजारमा ४५ दिनमा २४ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय बजारमा पछिल्लो डेढ महिनामा इन्धनको मूल्यमा २४ पटक वृद्धि भएको छ । सन २०२१ शुरु भएपछिको डेढ महिनामा मात्र भारतमा पेट्रोलियम पदार्थको मूल्य २४ पटक वृद्धि भएको ‘द इकोनोमिक टाइम’ ले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वद्धिसँगै भारतीय बजारमा पनि मूल्य वृद्धि भएको ‘द इकोनोमिक टाइम्स’ को भनाइ छ ।

‘द इकोनोमिक टाइम्सका अनुसार महाराष्ट्र, मध्यप्रदेश र राजस्थानलागयतका शहरमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १००  रुपैयाँ भारु पुगेको छ ।

डिजलको भाउमा पनि वृद्धि हुँदै प्रतिलिटर भारु ८८ रुपैयाँबाट ९० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि यसको असर भारतमा पनि परेको टाइम्सले जनाएको छ ।

भारतीय बजारमा लगातार मूल्य वृद्धि भएसँगै नेपाली बजारमा पनि गत एक सातामा दुई पटक मूल्य वृद्धि भएको छ । हाल नेपाली बजारमा इन्धनको मूल्य पुनः बढ्न सक्ने नेपाल आयल निगमका पदाधिकारीले बताउँदै आएका छन् ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य यस्तै बढिरहे नेपामलमा पनि मूल्य वृद्धि गर्नुको विकल्प नरहेको बताउँछन् नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल ।

भारतमा भएको इन्धनको मूल्य वृद्धिसँगै नेपाल र भारतको खुला सीमानाबाट पछिल्लो समय भारततर्फ इन्धनको तस्करी हुने गरेको छ ।
विश्व बजारमा नै पेट्रोलियम पदार्थको माग बढेकाले मूल्य अझै अझै बढ्ने प्रक्षेपण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर