चाम्सको लभस्टोरीमा साम्राज्ञी अनुबन्धित, बैशाखदेखि छायांकन सुरु हुने – Nepal Press

चाम्सको लभस्टोरीमा साम्राज्ञी अनुबन्धित, बैशाखदेखि छायांकन सुरु हुने

काठमाडौं । मिलन चाम्सको आगामी अनटाइटल प्रोजेक्टको मुख्य अभिनेत्रीमा साम्राज्ञी शाह अनुबन्धित भएकी छिन् । लिड मेलमा चाहिँ नयाँ अनुहारलाई डेब्यु गराइने तयारीमा चाम्स छन् ।

यसैसाता चाम्स इन्टरटेनमेन्ट र अभिनेत्री शाहबीच लिखित सम्झौता भएको हो । चाम्सले निर्देशन गर्ने ‘गोर्खा वारियर’पछि यो लभस्टोरी फिल्मको छायांकन बैशाखदेखि सुरु हुने जनाइएको छ ।

फिल्मको वर्किङ टाइटल चाहिँ ‘रेन्बो’ अर्थात इन्द्रेणी राखिएको छ । औपचारिक शीर्षक तय चाँडै हुने चाम्सले नेपाल प्रेसलाई बताए । यो फिल्ममा सामाग्री १५ लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्धित भएको र साइनिङ अमाउन्ट पनि उनले बुझिसकेकी छिन् ।

लकडाउनपछि साम्राज्ञीको यो पहिलो अनुबन्धित फिल्म हो ।

चाम्स अहिले गोर्खा वारियरको छायांकन तयारीमा छन् । नेपाल, मलेसिया र बेलायतमा सुटिङ हुने ‘गोर्खा वारियर’ले बेलायती सेनामा नेपाली बहादुरीको कथा भन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर