मंगलबार शेयरमा तीब्र उत्तर–चढाब, २१ अंकले घट्यो नेप्से – Nepal Press

मंगलबार शेयरमा तीब्र उत्तर–चढाब, २१ अंकले घट्यो नेप्से

काठमाडौं । मंगलबार शेयर बजारले निकै उत्तर–चढाव वेहोर्‍यो । कारोबार भएको प्रि– ओपन सेशनमा नै नेप्से परिसूचक १९ अंकभन्दा माथि बढेको थियो । त्यसपछि लगातार घटेको नेप्सेमा २ घण्टाको कारोबार समयमा तीब्र गिरावट भयो ।

करीब एक बजेको समयमा बजार खुलेको विन्दुबाट ६६ अंकले नेप्से घट्न पुगेको थियो । घटेको नेप्से पुन बढ्दै २,५८६ दशमलव ५१ विन्दुमा रोकिएको छ । आज नेप्से परिसूचक २१ दशमलव १६ अंकले घटेको छ ।

आज नेप्से घट्नु पर्ने कुनै पनि कारण नभएको शेयर विश्लेषकले बताएका छन् । आज भएको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ताको किनबेचमा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज नीफ्राको शेयर मूल्यमा सकारात्मक र नकारात्मक सर्किट ब्रेक लाग्यो । तर, आज सबैभन्दा धेरै नीफ्राको शेयर कारोबार भएको छ । आज नीफ्राको ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसैगरी अपर तामाकोशीको शेयर ४३ करोड, नबिल बैंकको शेयर ३७ करोड एनआइसीए बैंकको शेयर ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा नेपाल फाइनान्स लिमिटेड, अपी हाइड्रो पावर रहेका छन् ।

कारोबारको २० मिनेटपछि नीफ्राले १० प्रतिशत मूल्य गुमाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर