दक्षिण अफ्रिकाको राजदूतमा निर्मल विश्वकर्मा नियुक्त – Nepal Press

दक्षिण अफ्रिकाको राजदूतमा निर्मल विश्वकर्मा नियुक्त

काठमाडौं । दक्षिण अफ्रिकाको लागि नेपालको आवासीय राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेको जानकारी दिएको हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ– राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

विश्वकर्मा तत्कालीन नेकपा एमालेको विदेश विभागमा काम गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर