संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल शुरु – Nepal Press

संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल शुरु

काठमाडौं । सरकारले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल शुरु गरेको छ । २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमुल परिवर्तन आवश्यक रहेकाले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल शुरु भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले जानकारी गराएका हुन् ।

लुःनिभा वाल सरोकार समुहले ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आफुले मन्त्रालय सम्हालेपछि थुप्रै परिवर्तन गरेको उल्लेख गरेका छन् । कोभिड–१९ का कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नया योजना ल्याउने प्रकृया अघि बढाइएको उनले बताए ।

‘अलमलमा रहेको शैक्षिक सत्रको टुङगो लगाएका छौ । विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेका छौ । एसइईको गुणस्तर सुधार गर्न संघबाटै एसईई लिने व्यवस्था गरेका छौ ।’ उनले भने ।

अन्तक्रिया गर्न सुदुर पश्चिमको डडेल्धुराका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधि राजधानी आएका थिए । अहिलेको शिक्षा प्रणालिबाट मुलुकले सोचे जस्तो फड्को मार्न नसक्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले यसको लागि वर्तमान समयमै सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए ।

उनले शिक्षा प्रणालीको समग्र सुधार गर्न सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्वपुर्ण भुमिका रहने उल्लेख गरे । सरकार द्धन्द पिडित, राहत, अस्थायी शिक्षकको समस्या समाधान गर्न लागि परेको उल्लेख गर्दै यस्ता विषयमा सरकारको गम्भीर ध्यान पुगेको पनि उनले बताए ।

समग्र सुदुरपश्चिम प्रदेशको शिक्षा विकासका लागि शिक्षा, विज्ञान प्रविधि मन्त्रीसंग आयोजना गरेको अन्तरक्रियामा मन्त्री श्रेष्ठले राजधानीको शिक्षा प्रणालीलाई सिकेर सुदूरपश्चिमा प्रयोग गर्नुपर्नेमा जोड दिए । ‘तपाईहरु राजधानीको शिक्षा, शिक्षण पद्धतीको विषयमा अध्ययन गर्न आउनुभएको छ । यहाँको कुरा सिकेर आफ्नो क्षेत्रमा लागु गराउनुस ।’ उनले भने ।

सुदूरपश्चिम प्रदेशको डडेलधुराको अजेयमेरु नगरपालिका र गन्यापधुरा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यसहित ३२ वटा विद्यालयका प्रतिनिधि काठमाडौंको नमुना विद्यालयको भ्रमण गर्न राजधानी आएका थिए । भ्रमणपछि टोलीले काठमाडौ शिक्षा घोषणापत्र जारी गरी नया योजना तय गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर