वैदिक परम्परामा नारी नै अब्बल ! – Nepal Press
नेपाल चिन्तन

वैदिक परम्परामा नारी नै अब्बल !

वैदिक परम्परामा नारीहरूमा पूर्ण स्वतन्त्रता मात्र हैन उच्चस्तरको सम्मान समेत पाइन्छ । नारीको सम्मान र सुरक्षामा अत्यधिक संवेदनशील रहेको परम्परामा जहाँ महिलाहरूको सम्मान गरिन्छ, त्यहाँ ईश्वरको बास हुने मान्यता हुन्थ्यो ।

वैदिक परम्पराको मूल मर्मले आमामा सर्वोच्च बौद्धिकता हुने हुँदा परिवारमा आमालाई नेता र बुबालाई शिक्षकको दर्जा दिएको पाइन्छ । वैदिक लेखोटहरूमा लेखिए अनुरूप सत्य ज्ञान सिकाउने पितारूपी शिक्षक पाठशालामा ज्ञान सिकाउने दश दक्ष प्रशिक्षकहरू भन्दा बढी महत्वपूर्ण हुन्छन् । आमा त्यस्ता दश बुवाहरू भन्दा बढी महत्वपूर्ण हुन्छिन् ।

परिवारको हरेक सदस्यको लागि आफ्नो आमा भन्दा ठूलो गुरु अरू कोही हुन सक्दैन । आफ्नो पिता भन्दा ठूलो शिक्षक अर्को कोही बन्न सक्दैन ।

जुन परिवारमा नारीको कदर हुँदैन, नारीलाई शोकमा बाँच्न बाध्य पारिन्छ, त्यो परिवारको उन्नति सम्भव हुँदैन । परिवारभित्र अन्य सदस्य सरहकै कदर र सम्मान प्राप्त नारी सदस्यको सहभागिताले चरम दुःखको परिस्थितिबाट गुज्रिरहेको पारिवारिक दुःखको सामना गर्न सहज र सम्भव बनाउँछ ।

आधुनिक जैविक विज्ञानको हिसाबबाट हेर्दा समेत हरेक परिवारमा बालकको भविष्य ऊ अस्तित्वमा आउँदाको विन्दुदेखिको परिस्थितिले निर्धारण गर्दछ । महिला गर्भवती भएको १६औं दिन आसपासमा एम्ब्रोइनिक तन्तुबाट निउरल प्लेट बनी मानिसको स्नायु प्रणाली विकास हुन थालेको भेटिने गरेको बताउँछ निहुरो–साइन्स । त्यसको दुई–चार दिन भित्रै निउरल ग्रोभको स्पष्ट स्केच विकास हुँदै २१औं दिन पुग्दा नपुग्दा निउरल ग्रोभ निउरल प्लेटसँग जोडिंदै निउरल ट्युब बनिसक्दछ ।

निउरल ट्युबको अगाडिको भागबाट टाउकोमा हुने अगाडिको, बीचको र पछाडिको मस्तिष्क बन्छ भने बाँकी मेरुदण्डभित्रको स्पिन कर्ड बन्ने गर्दछ । मात्र सात हप्ता पुग्दा नपुग्दै मस्तिष्कको तिनै भागको तीव्र विभाजन हुने र सशक्त स्नायु प्रणालीको विस्तारको अभियान शुरू हुने गर्दछ ।

नारी र पुरुष बीचको वैवाहिक अनुकूलताको सम्बन्धमा मुख्य दुई तत्वहरू प्रमुख रहन्छन्– शारीरिक र मानसिक परिपक्वता । एक नारीले पुरुषले भन्दा कलिलो उमेरमा शारीरिक र मानसिक परिपक्वता प्राप्त गर्ने गर्छिन् ।

महिला गर्भवती हुनु अगाडि गर्भाशयमा रहेको डिम्बको स्वस्थता (मदर जिनेटिक कोड), पुरुष बीर्यको तन्दुरुस्ती (फादर जिनेटिक कोड), गर्भधारण हुने क्रमको महिला–पुरुषको मनोवैज्ञानिक हालत, गर्भवती हुँदै गरेकी महिलाको शारीरिक र मानसिक स्वस्थ अवस्था आदिले गर्भधारणपछि बसेको गर्भको हराभरापनलाई प्रभावित गर्दछ ।

गर्भवती बनिसकेकी महिलाको कोखमा रहेको गर्भको सन्तुलित र सुरक्षित विकासमा भने गर्भवती महिलाले लिने चिन्ता, श्वास–प्रश्वास, पानी, खाना, जीवनपद्धति, वरिपरिको वातावरण र त्यसले पुर्याएको मानसिक र शारीरिक स्वस्थता तथा तन्दुरुस्तीमा निर्भर गर्दछ ।

एक अनुमानमा बालबालिकामा स्नायु प्रणाली विकास हुने क्रममा प्रत्येक मिनेट कम्तीमा २ लाख ५० हजार निउरोनको कोषिका बन्ने गर्दछ । बच्चा जन्मेको दुई वर्षसम्म यो तीव्र विकास क्रम जारी रहन्छ । यही दुई वर्षभित्र मानिसको जीवनभर हुने दिमागको ८० प्रतिशत वृद्धि हुने गर्दछ । प्रत्येक सेकेन्ड सेकेन्डमा बन्ने निउरोनको स्वस्थ र तन्दुरुस्ती त्यो निउरोन विभाजन भएर बन्ने अन्य निउरोनको सुरक्षित भविष्यको निर्णायक हुने गर्दछ ।

बच्चाको दिमागको ८० प्रतिशतसम्मको वृद्धिको समयमा बुवा, परिवारको सहयोगमा आमाको भूमिका अत्यन्त धेरै रहने गर्दछ । औपचारिक विद्यालय जानुअघि प्रोग्रमिङ्ग भइसक्ने अत्यन्त धेरै विषय वस्तुहरू पारिवारिक वातावरणमै सम्पन्न हुन्छ । औपचारिक शिक्षाको समयमा समेत परिवारको प्रभावले बच्चाको मनोवैज्ञानिक र शारीरिक वृद्धिमा महत्वपूर्ण स्थान रहने हुँदा वैदिक निचोडलाई आधुनिक विज्ञानको अवधारणाले सहजै पुष्टि गरेको भेटिन्छ ।

नारी र पुरुष बीचको वैवाहिक अनुकूलताको सम्बन्धमा मुख्य दुई तत्वहरू प्रमुख रहन्छन्– शारीरिक र मानसिक परिपक्वता । एक नारीले पुरुषले भन्दा कलिलो उमेरमा शारीरिक र मानसिक परिपक्वता प्राप्त गर्ने गर्छिन् ।

तीन वर्षकी एउटी बच्चीसँग उही उमेरको केटो भन्दा अधिक उन्नत भाषिक र मौखिक सञ्चार कौशलता विकास भएको हुन्छ । त्यो उमेरको केटा भन्दा केटी आफ्नो आमामा निर्भरता धेरै कम भएको भेटिन्छ । छोरीहरू छोराभन्दा धेरै सजिलो, आत्मविश्वास र इच्छुकताका साथ प्रि–प्राइमरी स्कूलमा पढ्न जान र आफ्नो भूमिका देखाउन सक्षम र तयार बनेको भेटिन्छ ।

१२ देखि १४ वर्षको उमेरमा छोरीमा महिनावारी शुरू हुन्छ वा उनको यौवना अवस्था शुरू हुने गर्दछ । छोरा भने १४ देखि १७ वर्षमा यौवन अवस्थामा पुगेको भेटिन्छ । टिनएजमा प्रवेश गरेका छोरा मानिसले भन्दा पहिले छोरी मानिसले विपरीत लिङ्गीको बारेका सहज ज्ञान प्राप्त गरेको समेत भेटिन्छ ।

शरीरका विशेषगरी छालाको मुनि रहने कनेक्टिभ टिस्यु, रगत र लिम्फका नसा, स्नायु, फोक्सो तथा आन्द्रामा समेत प्रतिरक्षाको भूमिका खेल्ने विशेष प्रकारको सेतो रक्त कोषहरू हुने गर्दछ । जसलाई मास्ट सेल भनिन्छ ।

सङ्क्रमणको बेला उक्त स्थानहरूमा रासायनिक ‘अलार्म’ हरू जस्तै हिस्टामाइन आदि निकालेर प्रतिरक्षा प्रणालीका अन्य प्रमुख खेलाडीहरूलाई समेत ल्याएर मास्ट सेलले संयुक्त रूपमा हानिकारक जीवाणु विरुद्ध लड्ने र घाउहरू समेत निको पार्ने कार्यहरू सम्पन्न गर्दछ ।

१२ देखि १४ वर्षको उमेरमा छोरीमा महिनावारी शुरू हुन्छ वा उनको यौवना अवस्था शुरू हुने गर्दछ । छोरा भने १४ देखि १७ वर्षमा यौवन अवस्थामा पुगेको भेटिन्छ । टिनएजमा प्रवेश गरेका छोरा मानिसले भन्दा पहिले छोरी मानिसले विपरीत लिङ्गीको बारेका सहज ज्ञान प्राप्त गरेको समेत भेटिन्छ ।

नारीहरूमा रोग तथा एलर्जी प्रतिरोधी हिस्टामाइन, सेरोटोनिन र प्रोटिएज जस्ता पदार्थ बनाउने मास्ट सेलहरूको निर्माण तथा भण्डारण पुरुषकोमा भन्दा अत्यन्त धेरै हुने गर्दछ ।

आइमाई र पुरुषहरूमा सेक्स क्रोमोजोम जिनको अपवाद बाहेक मास्ट सेलहरूको जिन समान प्रकृतिको रहने भएतापनि मास्ट सेलको जिनले खेल्ने गतिविधिमा भने नितान्त फरक गुण भेटिएको छ ।

अनुसन्धानमा नारीको मास्ट सेलमा पुरुषकोमा भन्दा चार हजार भन्दा धेरै सक्रिय जिनहरू भेटिएको छ । जसले गर्दा नारीहरूको पुरुषको भन्दा धेरै रोग प्रतिरोधी क्षमता रहने गर्दछ । ठूलो संख्यामा सक्रिय माष्ट कोषिकाहरूका कारण हानिकारक जीवाणुको सङ्क्रमण तुरुन्त निष्क्रिय गर्न सकिने हुँदा त्यसले निम्त्याउने सहायक असरलाई समेत न्यून गर्न सकिने हुँदा आइमाईको प्रतिरक्षा प्रणाली धेरै प्रभावकारी भेटिन्छ ।

मास्ट सेलको प्रतिरक्षा प्रणालीले क्यान्सर जस्ता कोषहरूको वृद्धिलाई समेत रोक्न महत्वपूर्ण भूमिका खेल्ने हुँदा पुरुषहरूको क्यान्सरबाट हुने मृत्युको दर नारीको भन्दा उच्च हुने, नारीहरू पुरुष भन्दा लामो उमेर बाँच्नु आदिको प्रमुख कारण हुन सक्छ ।

२१ वर्षमा पुग्दै गर्दा एक युवतीमा संसार र आफ्नो वरिपरिको वातावरण, समाज र मानिसहरूलाई अवलोकन गरी सहज ज्ञान विकास गरिसकेको भेटिएको हुन्छ । सामाजिक न्याय, आफ्नो जीवन र आफैंमा आश्रित वा सम्बन्धित व्यक्तिहरूतर्फ आफ्नो उत्तरदायित्व, आफ्ना आवश्यकता, चाहना, लक्ष्य, महत्वाकांक्षा आदिको बारेमा स्पष्ट विचार विकास गरिसकेको भेटिन्छ ।

अर्कोतर्फ २१ वर्षसम्म पनि छोरो मान्छे धेरै बच्चा जस्तो बानी नगएको र लापरवाह भेटिनु, हरेक चिजहरूलाई हल्कासित लिने, प्रतिबद्धता र जिम्मेवारी लिनबाट डराउने आदि हुनु सामान्य रहन्छ । उसको प्रतिबद्धता, जिम्मेवारी र प्रतिबन्ध विनाको बेलगाम अविवाहित जीवन पद्धतितर्फ धेरै आकर्षक रहेको भेटिन्छ ।

लगभग २६ वर्षको उमेरमा एक पुरुषले अनुशासित, पारिवारिक, जीवनका लागि आवश्यक मानसिक परिपक्वताको स्तर हासिल गरेको भेटिन्छ । २६ वर्षको उमेर पार गर्दै गर्दाको अवस्थामा मात्र एक मायालु पत्नीको प्रेम, स्नेह र पारिवारिक बन्धन शारीरिक सौन्दर्य र तृप्ति भन्दा अत्यन्त धेरै मूल्यवान र अर्थपूर्ण रहन्छ भन्ने पुरुषले अनुभूति ग्रहण गरेको देखिन्छ ।

नारीको जिनमा माताबाट प्राप्त X र पिताबाट प्राप्त X समेत गरी XX क्रोमोजोम रहन्छ । पुरुषको जिनमा भने माता बाट X र पिताबाट Y पाएर XY क्रोमोजोम रहन्छ । नारीहरूको शरीर संरचनागत रूपमा नै माइक्रोबियल सङ्क्रमण विरुद्ध, आक्रमणकारी रोग विरुद्ध वलिष्ठ प्रतिरक्षा क्षमतायुक्त बन्दछ ।

नारीहरूको रगतमा धेरै एन्टिबडी रहने हुँदा धेरै खोपमा प्रतिकूल प्रतिक्रिया समेत देखिन्छ । नारीको यौन हर्माेन एस्ट्रोजिनले प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्न सहयोग गर्दछ । जबकि पुरुषको यौन हर्मोन टेस्टोस्टेरोनले शरीरको प्रतिरक्षा प्रणालीलाई दबाउने काम गर्दछ ।

अर्कोतर्फ २१ वर्षसम्म पनि छोरो मान्छे धेरै बच्चा जस्तो बानी नगएको र लापरवाह भेटिनु, हरेक चिजहरूलाई हल्कासित लिने, प्रतिबद्धता र जिम्मेवारी लिनबाट डराउने आदि हुनु सामान्य रहन्छ । उसको प्रतिबद्धता, जिम्मेवारी र प्रतिबन्ध विनाको बेलगाम अविवाहित जीवन पद्धतितर्फ धेरै आकर्षक रहेको भेटिन्छ ।

Y क्रोमोजोममा लगभग ७० वटा मात्र जिन रहन्छन् । तर X क्रोमोजोममा लगभग १००० जिन रहने गर्दछ । धेरै जिनहरूले धेरै काम गर्ने गर्दछ । X क्रोमोजोममा जिनहरू एकातर्फ मस्तिष्कको निर्माणमा भूमिका खेल्दछ भने अर्कोतर्फ प्रतिरक्षा प्रणाली बनाउनमा सहयोग पुर्याउँछ ।

पुरुषहरूमा ह् क्रोमोजोम महिलाको भन्दा आधा मात्र रहन्छ । आधा Y क्रोमोजोम रहन्छ । Y क्रोमोजोमहरू सामान्य प्रकृतिका कार्यहरू जस्तै क्यान्सरको वृद्धिलाई रोक्ने, धमनीहरूलाई सफा गर्ने, धमनीमा चिल्लो आदिका कारण बन्द हुनबाट रोक्ने कामहरू गर्दछ । पुरुषहरूको उमेर बढ्दै जाँदा Y क्रोमोजोम निष्क्रिय हुने समेत कारणबाट नारीको भन्दा पुरुषको उमेर कम हुने अनुमान गरिन्छ । नारीमा हुने सुझबुझपन, धैर्य, परिपक्वता र सहनशीलतामा उनको शरीरको संरचनाको निकै ठूलो देन रहेको भेटिन्छ ।

शारीरिक परिपक्वताको दृष्टिकोणबाट एक नारीले ३५ वर्ष पुग्दा बढीमा दोस्रो अन्तिम बच्चाको आमा बनिसक्नु उत्तम देखिन्छ । किनकि ३५ वर्षको हुनुभन्दा पहिले नारीमा सक्रिय यौन सम्बन्धमा चासो रहन्छ । ३५ वर्षपछि नारीले यौन सक्रियतामा विस्तारै कमि आउँदै गरेको महसूस गर्छिन् । यौन सक्रियता घट्दै जाँदा ४५ देखि ५० वर्षको हुँदा नारीमा रजस्वला बन्द हुन जान्छ ।

रजनोवृत्तिपश्चात् नारीमा यौन हर्मोन एस्ट्रोजिनको मात्रा घट्दै जान थाल्दछ । जसले गर्दा एकातर्फ काम इच्छा घट्ने, योनी सुक्खा हुने, शरीरमा तातोपन, चमक घट्ने, चिन्ता बढ्ने, तौल बढ्ने र निद्रा नलाग्ने जस्ता समस्याले नारीमा यौन मूडलाई कम गराउने गर्दछ । व्यावहारिक यौन सक्रियता धेरै गुमेको भेटिन्छ । अर्कोतर्फ पुरुषको शारीरिक संरचनाले करिब ४० वर्षको उमेरमा पुग्दै गर्दा फेरी नयाँ यौन जोस र चाहना विकसित गराउँदछ ।

६० वर्षको उमेर हुँदासम्म पुरुषमा सन्तान वृद्धिको खुबीसहितको यौन सक्रियता रहने गरेको भेटिन्छ ।

मानसिक परिपक्वताको हिसाबमा एक नारी उनी भन्दा लगभग आठ वर्ष जेठो पुरुषको स्तरको परिपक्वतामा पुगेको भेटिन्छ । शारीरिक परिपक्वताको हिसाबमा पनि कम्तीमा आफू भन्दा चार वर्ष जेठो पुरुषको स्तरमा देखिन्छिन् । विवाह समान मानसिक र शारीरिक परिपक्वताको स्तरमा रहेका नारी र पुरुषको समायोजन रहेकाले एक नारीले आफू भन्दा चारदेखि आठ वर्ष जेठो पुरुष चुन्नु उपयुक्त देखिन्छ ।

वैदिक परम्परामा आमामा सर्वाेच्च बौद्धिकता रहने र परिवारमा उनको भूमिका एक नेताको रूपमा रहने हुँदा शारीरिक रूपमा दक्ष रहेको भेटिएमा आफूभन्दा कम उमेरको पुरुषसँग विवाह गर्न खासै आपत्ति रहन्न ।

हालसम्म यकिन भएको पुरुषको आधारभूत मनोवैज्ञानिक तथ्यले पुरुष आफूमा विपरीत लिङ्गीमा भन्दा शारीरिक र मानसिक श्रेष्ठता नरहँदा प्रायः खिन्न बन्दछन् । एक लोग्ने मान्छेको भित्री मनमा आफूलाई आफ्नी श्रीमतीले एक समान साझेदार भन्दा बढी योग्य र आदरका भावले व्यवहार गरुन् भन्ने अपेक्षा रहने गरेको भेटिन्छ ।

अर्कोतर्फ आफूभन्दा धेरै उमेरको पतितर्फ महिलाको भित्री मनबाटै बढी आदर भाव पैदा हुने गरेको देखिन्छ । यस्ता मनोवैज्ञानिक कारणहरूलाई समेत विशेष ध्यान दिएर नारीहरूलाई आफूभन्दा चार–पाँच वर्ष जेठो पुरुष लोग्नेको रूपमा रोज्न सल्लाह दिने गरिएको बुझिन्छ ।

(घिमिरे खाद्य तथा औषधि विज्ञ हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *