शेरधनको टिप्पणी : प्रचण्ड-माधव समूह खुमलटारमा दर्ता भएको कम्पनी मात्र (भिडियोसहित) – Nepal Press

शेरधनको टिप्पणी : प्रचण्ड-माधव समूह खुमलटारमा दर्ता भएको कम्पनी मात्र (भिडियोसहित)

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड-माधव नेतृत्वको नेकपालाई खुमलटारमा दर्ता भएको कम्पनीको संज्ञा दिंदै केन्द्रदेखि प्रदेशसम्मका संरचना कब्जा गर्न खोज्दा ती नेता आफैं सडकमा पुगेको टिप्पणी गरेका छन् ।

विराटनगरमा शनिवार आयोजित केपी ओली नेतृत्वको नेकपाको आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीहरुलाई अपदस्थ गरेर मुलुक कब्जा गर्न खोज्नेहरु कम्पनीमा परिणत भएको आरोप लगाए ।

राईले भने- खुमलटारमा दर्ता भएको प्रचण्ड-माधव नेपाल र झलनाथ कम्पनीले देशलाई अराजकता र अस्थिरतातर्फ लैजान खोजेकाले चुनावमा जानु परेको हो । हामी यो चुनाव जितेर खुमलटारको कम्पनीलाई तह लगाउँछौं ।

राईले प्रचण्ड-माधव पक्षले पनि नयाँ दल दर्ता गरेर नयाँ चुनाव चिन्हका साथ चुनावको तयारी गरिरहेको दाबी समेत गरे । उनले प्रदेशमा आफ्नोविरुद्ध दायर गरिएको अविश्वास प्रस्ताव अवैधानिक रहेको दाबी समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर