यस्तो छ विराटनगरमा ओली पक्षको जनसभा तयारी (तस्वीरहरू) – Nepal Press
यस्तो छ विराटनगरमा ओली पक्षको जनसभा तयारी (तस्वीरहरू)
ध्रुव भट्टराई २०७७ फागुन ८ गते ११:२४
२०७७ फागुन ८ गते ११:२४

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज अपराह्न प्रदेश १ को राजधानी विराटनगरमा गर्न लागेको प्रादेशिक जनसभा तथा शक्ति प्रदर्शनको लागि छिमेकका जिल्लाहरूबाट समेत नेता कार्यकर्ता आउने क्रम शुरु भएको छ ।

ओलीको गृहक्षेत्रसमेत भएकाले विराटनगरको आमसभालाई चासोको साथ हेरिएको छ । यसअघि प्रचण्ड-माधव पक्षले विराटनगरमा शक्ति प्रदर्शन गरिसकेकाले ओली पक्षले सो समूहको भन्दा बढी जनसमर्थन जुटाउने कसरत गरेको छ ।

आजको सभालाई प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, प्रदेश १ का इन्चार्ज समेत रहेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्दैछन् ।

विराटनगर महानगरपालिका-२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजित आमसभामा दुई लाख भन्दा बढीको कार्यकर्ताको सहभागिता रहने केन्दीय सदस्य विनोद ढकालले बताए ।