जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विराटनगर जाँदै – Nepal Press

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विराटनगर जाँदै

काठमाडौं । नेकपा (ओली पक्ष) प्रदेश १ ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदैछन् ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवास नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलगायतका नेताले जनसभालाई सम्बोधन गर्नेछन् ।

लुम्बिनी प्रदेश कमिटीले फागुन १ गते बुटवलमा गरेको जनसभालाई सम्बोधन गर्न पनि प्रधानमन्त्री ओली बुटवल पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर