अदालतले संविधानको रक्षा गर्ने विश्वास छ: नेता पौडेल – Nepal Press

अदालतले संविधानको रक्षा गर्ने विश्वास छ: नेता पौडेल

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतबाट संविधानको रक्षा हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता पौडेलले संविधान विपरीत गएर संसद विघटन गरिएकोले त्यसलाई सच्याउनुको विकल्प नभएको बताए ।

अदालतप्रति जनताको विश्वास कायम रहेको भन्दै नेता पौडेलले संविधानको पक्षमा निर्णय नभए देश अन्तर्राष्ट्रिय क्रिडास्थल बन्ने चिन्तासमेत व्यक्त गरे ।

‘अदालत एउटा आशाको केन्द्र हो । वितगमा राजाले गल्ती गर्दापनि अदालतले सच्याएको इतिहास छ । अदालतले संविधान बचाउने विश्वास छ’, पौडेलले भने ।

नेता पौडेलले कांग्रेसले प्रदेशसभामा दर्ता भएका अविश्वास प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर