युरोपा लिगः म्यानचेस्टर युनाइटेड र टोटनह्यामको जित, एसी मिलान बराबरीमा रोकियो – Nepal Press

युरोपा लिगः म्यानचेस्टर युनाइटेड र टोटनह्यामको जित, एसी मिलान बराबरीमा रोकियो

एजेन्सी । पहिलो लेगमा स्पेनको रियल सोसिडाडमाथि ४–० गोलको अवे जित हासिल गरेपछि इंग्लिस टोली म्यान्चिेस्टर युनाइटेडले युरोपा लिगको शीर्ष १६ मा पुग्ने सम्भावना लगभन निश्चित गरेको छ ।

कोरोना मापदण्डका कारण स्वतन्त्र स्थानको रुपमा गएराति इटलीको टोरिनोस्थित एलियान्ज एरिनामा भएको खेलमा युनाइटेडका लागि बुर्नो फर्नान्डेजले २ गोल गरे । उनले २७ औं मिनेटमा गरेको गोलले पहिलो हाफ युनाइटेडले अग्रता बनाएको थियो ।

दोस्रो हाफमा उसले तीन गोल थप्यो । फर्नान्डेजले नै ५७ औं मिनेटमा गोल गर्दा ६४औं मिनेटमा मार्कस राशफोर्ड र अन्तिम मिनेटमा ड्यानिएल जेम्सले गोल गरे ।

गएराति नै भएको खेलमा टोटनह्यामले पनि अस्ट्रियाको ओल्व्सबर्गर एसीबिरुछ ४–१ गोलको अवे जित हासिल गरेको हो । स्वतन्त्र स्थानको रुपमा हंगेरीको बुढापेष्टमा खेलाइएको खेलमा टोटनह्यामका लागि सन ह्युङ मिन, ग्यारेथ बेल, लुकास मोउरा र कार्लास भिनिसियसले गोल गरेका हुन् ।

ओल्व्सबर्गरका लागि माइकल लेन्डीले पेनाल्टीमा गोल फर्काएका हुन् । दोस्रो लेग अर्को साता इंग्ल्यान्डमा हुनेछ ।

इटलीको एसी मिलाननले भने सर्बियाको क्रेमेना भेज्दासँग २–२ गोलको बराबरी खेलेको छ । बलियो टोली मिलानले दुई पटकसम्म अग्रता लिएर पनि अन्तिममा खेल बराबरी गर्नुपरेको थियो ।

घरेलु मैदानमा राडोभान पान्कोभको आत्मघाती गोलमार्फत एसी मिलानले पहिलो हाफमा अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु भएलगत्तै गुलोर कांगा काकुले पेनाल्टीमा गोल गरी खेल बराबरीमा ल्याए ।

६१ औं मिनेटमा मिलानले पनि पेनाल्टी पायो । उसका लागि थियो हर्नान्डेजले गोल गरेका हुन् । तर खेलमा इन्जूरी समयको अन्त्मि मिनेटमा कांगाको पासमा मिलान पाभ्कोभले शानदार गोल गरेपछि मिलानले स्पष्ट जित निकाल्न सकेन ।

शीर्ष ३२ अन्तर्गत गएराति भएका अन्य खेलमा आर्सनल र बेनफिका, लेस्टर र साल्भिया प्राहाले बराबरी खेलेका छन् । ग्रेनाडाले नापोलीमाथि जित हासिल गरेको छ । शख्तर डोनेक्स र आयाक्सले पनि आआफ्नो खेल जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *