बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ – Nepal Press

बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ

ललितपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरको महांकाल गाउँपालिका ४ कालेश्वर खन्तिडाँडाबाट एकजना पक्राउ परेका छन् ।

प्रहरीले मानवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गरी बस्ने पर्सा पोखरिया नगरपालिका -८ घर भएका २१ वर्षीय राजकुमार ठाकुरलाई बिहीबार बिहान  पक्राउ गरेको हो ।

ती बालिकालाई विद्यालय पछाडिको जंगलमा बुधबार बिहान जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोन्ज्योसोम र प्रहरी चौकी कालेश्वरबाट खटिएको प्रहरीले राजकुमारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर