सरकारविरुद्ध आन्दोलन गर्न बलेफी गाउँपालिकाको आह्वान, जुरे पहिरोपीडितले राहत पाउनुपर्ने माग – Nepal Press

सरकारविरुद्ध आन्दोलन गर्न बलेफी गाउँपालिकाको आह्वान, जुरे पहिरोपीडितले राहत पाउनुपर्ने माग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले सरकारविरुद्ध आन्दोलनमा सहभागी हुन नगरबासीलाई आह्वान गरेको छ । जुरे पहिरोपीडितले राहत पाउनुपर्ने भन्दै गाउँपालिकाले नगरबासीलाई आन्दोलनमा उत्रन आह्वान गरेको हो ।

गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले प्रेस विज्ञप्ति जारी गरेर पीडितको पक्षमा सरकारविरुद्ध आन्दोलन गर्न आह्वान गरेका हुन् । गाउँपालिकाको कार्यपालिका बैठकले नै निर्णय गरेर फागुन ८ गते दिउँसो १२ बजे काठमाडौंको माइतीघरमा धर्ना बस्न जान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पीडितको नाममा जम्मा भएको २ करोड २४ लाख रुपैयाँ अझै बाँडफाँट नभएकोप्रति आपत्ति जनाउँदै गाउँपालिकाले आन्दोलन उत्रन नगरबासीलाई आग्रह गरेको हो ।

पालिका अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ– पहिरो गएको ७ वर्ष हुदा सम्म पीडितहरुको लागि संकलन भएको रकम प्रदान नहुनु केन्द्रीय सरकारको चरम लापरवाही र पीडितहरुको भावनमा चरम खेलवाड भएको हाम्रो ठहर छ । पीडितहरुको नाममा जम्मा भएको रकम पीडितहरुलाई वितरण गर्नका लागि अब सशक्त आन्दोलन गर्नुको विकल्प देखिएन । त्यसैले बलेफी गाउँपालिकाको कार्यपालिकाको बैठकले नै जुरे पहिरो पीडितहरुको नाममा जम्मा भएको रकम पीडितहरुलाई प्रदान गर्ने व्यवस्थाका लागि पहिरो चरणमा केन्द्रीय सरकारको विरोध राजधानीको माइतीघरमा यही फागुन ८ गते धर्ना दिने कार्यक्रम रहेको यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउँदछौ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर