म यो व्यवसाय गर्छु भनेर आउनुस्, हामी लगानी गर्न तयार छौं – मुख्यमन्त्री शाही – Nepal Press

म यो व्यवसाय गर्छु भनेर आउनुस्, हामी लगानी गर्न तयार छौं – मुख्यमन्त्री शाही

सुर्खेत । कृषि तथा पशुपालन क्षेत्रमा अनुदान दिदा दुरुपयोग भएको भन्दै कर्णाली प्रदेश सरकारले वास्तविक किसानलाई फर्म वा योजना धरौटी राखेर मात्रै ऋण दिने बताएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको प्राङ्गारिक खेति प्रवृद्धन तथा रैथाने वाली संरक्षण दिवसलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री शाहीले केही किसानले वाख्रापालनका नाउँमा अनुदान लिने र उक्त अनुदान दुरुपयोग गरेकाले यस्तो योजना ल्याएको  बताए ।

‘रैथाने बाली संरक्षण, पशुपालन, अर्गानिक खेती उत्पादन गर्नका लागि सानो लगानीमा कृषि खेती गर्ने युवाका लागि उसको फर्म उनीहरुको कागजात धरौटी राखेर ऋण दिने कानून प्रदेश सभामा पेश गरेका छौं’, उनले भने ।

कुनै पनि कृषकले ‘विना धितो काम गर्न चाहेको खण्डमा आवश्यक लगानी दिने र ती युवालाई आवश्यक सहजीकरण गर्ने, उत्पादन भएका सामाग्रीको बजारीकरण गर्ने खालको नीति तय गर्ने पनि मुख्यमन्त्रीले बताए ।

‘यहि वर्षबाट हामी युवालाई कृषि क्षेत्रमा सहुलियत ऋण दिनेछौं । कर्णाली प्रदेशलाई अर्गानिक बनाउन हामीलाई सहयोग हुने अपेक्षा छ ।’

मुख्यमन्त्री शाहीले कर्णाली समृद्धिको पहिलो आधार पूर्वाधार र दोश्रो कृषि नै भएको बताउँदै कृषि पेशामा लागेका युवाहरुलाई सहयोग गर्न सरकार तयार भएको बताए ।

‘तपाईहरु म यो व्यवसाय गर्छु भनेर आउनुस, हामी लगानी गर्न तयार छौं । अर्गानिक उत्पादन वृद्धि गर्नु भएको खण्डमा हामी त्यसको बजारीकरण, व्यवस्थापन, लगानी गर्न तयार छौं,’ उनले भने, ‘त्यसकालागि तपाईलाई के मा अनुदान चाहिन्छ, ढुवानीमा, वा अन्यत्र, भन्नुस त्यो गर्न हामी तयार छौं ।’

उनले कुनै पनि किसानलाई घाटामा जान नदिने बताउँदै काम गर्न र कृषि उत्पादन बढाउन लागि पर्न युवाहरुलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर