२५ अंकले बढ्यो नेप्से, आठ अर्बको कारोबार – Nepal Press

२५ अंकले बढ्यो नेप्से, आठ अर्बको कारोबार

काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से परिसूचक २६३६.६८ विन्दुमा रोकिएको छ ।

आज भएको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ताको किनबेचमा ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एसिया बैंकको ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी नेपाल इन्फ्रास्ट्रकचर कम्पनीको शेयर ५० करोड रुपैयाँको कारोबार भएको छ । नेपाल हाइड्रो डेभ्लपरको शेयर मूल्य १० प्रतिशतले बढको छ ।

यसैगरी ७ ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर