वायु सेवा निगम र लुम्बिनी विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर – Nepal Press

वायु सेवा निगम र लुम्बिनी विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवर्धन र बुद्धदर्शनको विस्तारमा आपसी सहयोगको मध्यमबाट अघि बढ्न समझदारी बनेको छ ।

बुधवार निगमको केन्द्रीय कार्यलयमा एक समारोहबीच निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिष्ठ क्षेत्रहरुमा पर्यटन विकासमा दुवै संस्थाले प्रबर्दनात्मक कार्यक्रम सन्चालन गर्ने र अनुसन्धानात्मक क्रियाकलापमा सहयोग आदान प्रदान गर्ने उल्लेख छ ।

त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पर्यटनसँग सबन्धित प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ । विश्वविद्यालयले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिने समझदारी पत्रमा उल्लेख छ ।

चार वर्षको लागि गरिएको सो सम्झौता अनुसार लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारकिा सन्तानलाई शुल्कमा विशेष छुट दिइने छ ।

निगमका महाप्रबन्धक पौडेलले बुद्धमार्गीहरुको बाहुल्य भएका मुलुकमा नेपाल वायु सेवको उडान सञ्चालन गर्ने अवधारण सुनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर