‘गेटवे पेमेन्ट’ले राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति पायो – Nepal Press

‘गेटवे पेमेन्ट’ले राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति पायो

काठमाडौं । अन्तराष्ट्रिय बजारबाट सेवा तथा वस्तुको बिक्री भुक्तानी ल्याउनका लागि ‘गेट वे पेमेण्ट सर्भिस’ लाई राष्ट्र बैंकले अनुमति दिएको छ ।

नेपाल राष्ट्र बैंकले को फागुन ३ गतेको निर्णयनुसार कम्पनीलाई बुधबार भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्रदान गरेको हो ।

२०७६ मंसिर २४ गते यस कम्पनीले भुक्तानी सम्वन्धि सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकलाई आवेदन दिएको थियो । यस कम्पनीले औपचारिकरुमा फागुन ५ गते नेपाल राष्ट्र बैंकबाट सञ्चालन अनुमति पाएको बताएको छ ।

यस कम्पनीले नेपालमा विभिन्न माध्यमबाट डिजिटल भुक्तानी प्रणाली भित्राउनुका साथै भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउँदै नेपालमा ठूला तथा मझौला उद्योगले उत्पादन गरेका वस्तुहरु अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य लिएको छ ।

अन्तर्राष्ट्रियरुपमा भुक्तानी नेपाल भित्राउनका लागि यस कम्पनीले एनआइसी एसिया बैंकसँग सहकार्य गरी अगाडि बढ्ने जनाएको छ ।

उक्त कम्पनी सञ्चालनका लागि अनुमति दिने नेपाल राष्ट्र बैंक तथा कम्पनी स्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सेयरधनीलाई कम्पनीले आभार प्रकट गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर