कांग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने सहमति – Nepal Press

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्नेगरी कार्यतालिका ल्याउन सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ ।

फागुनको महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति तोक्न दुवै पक्षबीच छलफल भएको थियो । संविधान अनुसार पनि कांग्रेसले भदौभित्र महाधिवेशन गर्नैपर्ने भएकाले सो मिति तय भएको हो ।

यससँगै केन्द्रीय कार्यसमिति लगायत सबै कार्य समितिको म्याद छ महिना थप भएको छ ।

सहमतिपछि केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा शुरु हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर