अधिवक्ता खरेलले भने– प्रतिनिधिसभा विघटन असंवैधानिक नै हो – Nepal Press

अधिवक्ता खरेलले भने– प्रतिनिधिसभा विघटन असंवैधानिक नै हो

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी बहसमा एमिकस क्युरीका तर्फबाट बोल्दै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई असंवैधानिक कदम भएको जिकिर गरेका छन् ।

उनले सर्वोच्च अदालतले प्रतिनिधि विघटन असंवैधानिक नै भएको घोषणा गर्नुपर्नेमा जोड दिए । उनले भने– हामीले मानेको प्रणाली भनेको संसदीय सर्वोच्चता नभएर संविधानको सर्वोच्चता हो। संसदीय व्यवस्था हुनेबित्तिकै प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछन् भन्नु सही होइन।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन संवैधानिक नभई राजनीतिक भएको जवाफ पेश गरेका थिए ।


प्रतिक्रिया

One thought on “अधिवक्ता खरेलले भने– प्रतिनिधिसभा विघटन असंवैधानिक नै हो

  1. “सम्सद बिघटन नभए पुरा अवधी ५ बर्षको हुने छ” यसको अर्थ के हो !?
    = सम्सद बिघटन हुने ठाउँ त छ नि !! त्यो हो भने बिघटन प्रधानमन्त्री नभएर कसले गर्न सक्ने भन्ने हो !? त्यो कस्मा रहेको सामर्थ्यको कल्पना गरिएको हो !? त्यो प्रस्ट हुन पर्‍यो, समाधान त्यही छ, लम्बेतान कथा र तान्तुन को आवस्येकता छैन !!
    = अर्को कुरा, वेष्ट मिनिस्टरियल सिस्टममा जाने अनी प्रधानमन्त्रीले सम्सद बिघटन गर्न पाउन्न भन्ने यी २ बिरोधी कुरा !! कि भन्न पर्‍यो, यो सिस्टम मान्दैनम भनेर !!
    = प्रधानमन्त्रिको बिशेषआधिकार हो यो, साम्सद नालायक भए वा बेइमान् भए वा अराजक र राष्ट्र र जनता प्रतिको उत्तरदाइत्वबाट च्युत भए भने, तिनको गलत कामलाई नियन्त्रण गर्ने, यो सुरक्षित हुन पर्छ !! = मानौ, “सबै मिलेर नेपाललाई सिक्किम बनाउँ” भनेर आए भने प्रधानमन्त्री ले के गर्ने !?
    = प्रधानमत्री को छ भन्ने हेरेर मान्यता बनाउने हो र !? ओली मन परेन भनेर सबै मान्यताहरु भत्काउदै जाने भन्ने हो !? बिबेक नगुमाउ न्यायमुर्ती !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर