भागरथी र सम्झनाको परिवारलाई सुदूरपश्चिम प्रदेशले ५ लाख सहयोग गर्ने – Nepal Press

भागरथी र सम्झनाको परिवारलाई सुदूरपश्चिम प्रदेशले ५ लाख सहयोग गर्ने

कैलाली । बलात्कारपछि हत्या गरिएका बैतडीकी भागरथी भट्ट र बझाङकी सम्झना कामीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रदेश मन्त्री परिषद्को मंगलवार बसेको बैठकले पीडित परिवारलाई सहयोगस्वरुप उक्त रकम दिने निर्णय गरेको प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्टले जानकारी दिए ।

माघ २१ मा भागरथीको बलात्कार पछि हत्या भएको थियो भने सम्झनाको गत असोजमा बलात्कार पछि नै हत्या भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *