नेता कार्की भन्छन्-अविश्वास प्रस्तावमा कांग्रेसलाई फाइदा हुने निर्णय गर्छौं – Nepal Press

नेता कार्की भन्छन्-अविश्वास प्रस्तावमा कांग्रेसलाई फाइदा हुने निर्णय गर्छौं

इटहरी । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश १ सरकाविरुद्धको अविश्वास प्रस्तावमा जे गर्दा कांग्रेस र देशलाई फाइदा हुन्छ त्यही गर्ने बताएका छन् ।

मंगलबार बिहान इटहरीमा आयोजित एक कार्यक्रममा नेता कार्कीले नेकपाको दुई पक्षमध्ये कसलाई सहयोग गर्ने उचित समयमा निर्णय लिने बताए ।

उनले भने, ‘अहिले प्रदेश १ मा अविश्वासको प्रस्ताव दर्ता भएको छ । हामीले प्रचण्ड-माधव वा ओली कुनै पक्षमा मत जाहेर गर्ने कुनै जरुरत छैन । के गर्दा देशलाई र कांग्रेसलाई फाइदा पुग्छ त्यसअनुसार निर्णय गर्छ ।’

विघटित प्रतिनिधिसभा सदस्यसमेत रहेका कार्कीले संसद विघटन बारेमा अदालतको फैसला स्वीकार्य हुने जनाए ।

सोमबार धरानमा अर्का कांग्रेस नेता शेखर कोइरालाले प्रदेश १ र वागमती प्रदेशमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा कांग्रेसले भोट हाल्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया

One thought on “नेता कार्की भन्छन्-अविश्वास प्रस्तावमा कांग्रेसलाई फाइदा हुने निर्णय गर्छौं

  1. जे गर्दा देश र जनतालाई फाइदा हुन्छ त्यो गर्छौ भने पो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर