न्यूकाशललाई हराएर प्रिमियर लिगकाे चौथो स्थानमा उक्लियो चेल्सी – Nepal Press

न्यूकाशललाई हराएर प्रिमियर लिगकाे चौथो स्थानमा उक्लियो चेल्सी

एजेन्सी । टिमो वेर्नरले एक गोल र एक असिस्ट गरेपछि इंग्लिस प्रिमियर लिगमा चेल्सीले न्यूकाशललाई २–० गोलले पराजित गरेको छ । जितसँगै चेल्सी अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ ।

प्रशिक्षक फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरी थोमस टचेललाई भित्र्याएपछि लयमा फर्किएको चेल्सीका लागि वेर्नरले १४ खेलको गोल खडेरी तोडेका हुन् । प्रिमियर लिगको एकै खेलमा गोल र असिस्ट भने दोस्रोपल्ट मात्र गरेका हुन् ।

३१ औं मिनेटमा वेर्नरको क्रस प्रहार रिवाउण्ड भएर ओलिभर जिरोडले गोल गरेका थिए । ट्यामी अब्राहम चोटग्रस्त भएपछि सब्स्टिच्युडमा आएलगत्तै जिरोडले गोल गरेका हुन् ।

८ मिनेटपछि यसै सिजन अनुबन्ध भएका वेर्नरले स्टाम्फोर्ड ब्रिजमा २–० को अग्रता दिलाए । त्यसयता दुवै टोलीबाट गोल हुन सकेन ।

यो जितले चेल्सीलाई अंकतालिकाको चौथो स्थानमा पु¥याएको छ । समान २४ खेलबाट वेष्टह्याम र चेल्सीको समान ४२ अंक भएपछि गोलअन्तरमा चेल्सीले उछिनेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *