अपराध महाशाखा प्रमुखसहित ४ एसएसपीको सरुवा – Nepal Press

अपराध महाशाखा प्रमुखसहित ४ एसएसपीको सरुवा

काठमाडाै‌ । गृह मन्त्रालयले महानगरीय अपराध महाशाखा प्रमुखसहित ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गर्दै ४ एसएसपीको काजमा सरुवा गरेकाे नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुवरले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी दिपक थापाको मानवश्रोत तथा प्रशासन विभाग अन्तर्गत रहेको भर्ना छनौट महाशाखामा सरुवा भएको छ ।

एसएसपी थापाको ठाउँमा भर्ना छनौट महाशाखामै कार्यरत एसएसपी चन्द्र कुवेर खापुङलाई महानगरीय अपराध महाशाखामा काजमा सरुवा भएको छ । थापाको करिव १० महिना अघि वैशाख १२ गते महाशाखामा सरुवा भएको थियो ।

मन्त्रीस्तरीय निर्णयबाट एक नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत मधुसूदन लुइँटेलको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा, वागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत हरिराज वाग्लेको प्रहरी प्रधान कार्यालय, कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *