शेयरमा छलाङ, ९२ अंकले बढ्यो नेप्से – Nepal Press

शेयरमा छलाङ, ९२ अंकले बढ्यो नेप्से

काठमाडौं । मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा राष्ट्र बैंक मौन बसेपछि शेयर बजारले छलाङ मारेको छ । कारोबारको दोस्रो दिन नेप्से परिसूचक ९२ अंकले बढेको छ ।

आज भएको कारोबारमा ३.७१ प्रतिशतले नेप्से बढ्दै २५८६.१ विन्दुमा पुगेको छ । आज बजार खुलेदेखि नै बजार तीब्र गतिले बढेको थियो । बजार खुलेको ४५ मिनेटमा नै नेप्से परिसूचक ५९ अंकले बढेको थियो ।

२ सय ५ कम्पनीको २ करोड २४ लाख ४७ हजार १ सय ५७ कित्ता सेयर किनवेचबाट १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँ बराबरको कारोवार भएको छ ।

त्यस्तै क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १५.३३ अंकले बढेको छ । आज भएको कारोबारमा ४० ओटाभन्दा बढी कम्पनी शेयर मूल्यमा सकारात्मक सर्किट बे्रक लागेको थियो ।

समीक्षमा चैतसम्म ‘लोन टु भ्यालु रेसियो’ नचलाउने गभर्नर अधिकारीले ग्यारेन्टी गरेपछि बजारमा उछाल आएको हो। सबैभन्दा बढी निर्धन उत्थान लघुवित्तको सबैभन्दा धेरै ७० करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै नबिल ६८ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, छिमेकी लघुवित्तको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै ११ ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

समूहगत परिसूचकतर्फ हेर्ने हो भने सबै समूहका कम्पनीहरुको सेयर मूल्य वढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको परिसुचक ६९७.९१ अंक बढेको छ । त्यस्तै नीर्जीवन बीमा समूहको ४४७.४४ अंक , माइक्रोफाइनान्स समूहको ३७०.३ अंक, उत्पादन समूहमा १५९.६६ अंकले सेयर बढेको छ ।

यस्तै २५ ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतले बढेका छन् । २०५ कम्पनीको दुई करोड २५ लाख कित्ता सेयर ६८ हजार पटक किनबेच भएका छन्। २ कम्पनी पञ्चकन्या र रैराङ हाइड्रो पावरको मात्रै मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *