हलमा फिल्म संकट : कबड्डी कबड्डी कबड्डी र कागबेनी पुनः रिलिज – Nepal Press

हलमा फिल्म संकट : कबड्डी कबड्डी कबड्डी र कागबेनी पुनः रिलिज

काठमाडौं । प्रदर्शन गर्ने फिल्मको अभाव भएपछि प्रदर्शकले पुरानै फिल्मलाई रि-रिलिज गर्न थालेका छन् । भ्यालेन्टाइन डेमा १३ वर्ष पुरानो लभस्टोरी फिल्म ‘सानो संसार’ रिलिज भयो ।

सोमबारदेखि ‘कबड्डी कबड्डी कबड्डी’ पुनः रिलिज भएको छ । १९ फेब्रुअरीदेखि सौगात मल्ल स्टारर ‘कागबेनी’ पुनः रिलिज हुने तयारीमा छ । निर्माण सकिएर बसेका फिल्मले प्रदर्शन मिति घोषणा नगर्दा प्रदर्शकलाई पुरानै रिलिज गर्न दबाब परेको हो ।

आउने शुक्रबार दक्षिण भारतीय फिल्म ‘चक्रका रक्षक’ रिलिज तयारीमा छ । अहिले हलमा हलिउडको मुलान र भारतीय फिल्म ‘मास्टर’ मात्र नयाँ हुन् तर, न्यून अकुपेन्सीमा यी फिल्म प्रदर्शन भैरहेका छन् । भ्यालेन्टाइन डेमा समेत अपेक्षित दर्शक आउन नसकेको हल संचालक बताउँछन् ।

पुराना हिट फिल्म रि-रिलिज गरेपनि दर्शक भने हलमा पुगेको छैनन् । कोरोना भाइरस महामारीले गर्दा झन्डै १० महिना बन्द फिल्म हललाई गत पुस १० गतेदेखि ५० प्रतिशत अकुपेन्सीमा सामाजिक मापदण्ड पालना गर्दै चलाउन सरकारले अनुमति दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर