निर्वाचन आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्नः सबैभन्दा ठूलो दलको विवाद नमिलाई कहाँ चुनाव गर्नुहुन्छ ? – Nepal Press

निर्वाचन आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्नः सबैभन्दा ठूलो दलको विवाद नमिलाई कहाँ चुनाव गर्नुहुन्छ ?

काठमाडौं । प्रतिनिधिसभाको चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता सम्बन्धी विषयमा छलफल गर्न बोलाएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी विभाजनको विषयले प्रवेश पाएको छ।

आइतबार १४ राजनीतिक दल सहभागी भएको छलफलमा प्रचण्ड–माधव पक्षले नेकपाको विवाद निरुपणको विषय उठाएको हो । छलफलमा सहभागी प्रचण्ड–माधव पक्षीय नेता लिलामणि पोखरेलले आफूहरुले आयोगसँग नेकपाको विवाद निरुपणको विषय उठाएको बताए ।

‘६४ प्रतिशत मत भएको राजनीतिक दलको टुंगो नगरिकन कहाँ गएर चुनाव गर्नुहुन्छ भन्दा निर्वाचन आयोगले जवाफ दिको छैन,’ पोखरेलले छलफलमा आफूहरुले राखेको विषयबारे भने, ‘आयोगले त्यसको जवाफ दिन्छौं मात्रै भनेको छ, दिएको ।’

उनले आयोगको मुलतः दुई काम भएको भन्दै त्यो गर्दिन्नँ भन्न नमिल्ने बताए। ‘दुईटा काम गर्नका लागि निर्वाचन आयोग निर्माण भएको हो,’ पोखरेलको भनाइ छ, ‘एउटा निर्वाचन प्रयोजनका लागि दलहरु दर्ता गर्ने र दलबीच विवाद भयो भने विवाद समाधान गर्ने । दोस्रो निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधिालाई शासन सत्ताको प्रमाणसहित आधिकारिकता दिने। त्यसकारण निर्वाचन आयोगले आयोगमा परेको विवाद निरुपण गर्न सकिनँ भन्न मिल्दैन ।’

प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेसँगै नेकपामा राजनीतिक विभाजन भइसकेको छ।

प्रचण्ड–माधव पक्षले आफूहरु नै आधिकारिक भएको भन्दै २० माघमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन दिएको थियो।

उक्त निवेदनबारे आयोगले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर