महिला लघुवित्तको आइपीओमा दुई दिनमै ३० गुणाभन्दा बढी आवेदन – Nepal Press

महिला लघुवित्तको आइपीओमा दुई दिनमै ३० गुणाभन्दा बढी आवेदन

काठमाडौं । महिला लघूवित्तले माघ ३० गते ४ लाख कित्ता ४ करोड मूल्य बराबरको आइपीओ निष्कासन गरेको थियो ।

फागुन ५ गतेसम्म भर्ने म्याद रहेको यस कम्पनीको सेयर खुल्ला भएको दोस्रो दिन नै ३० गुणा वढी आवेदन परेको सेयर जारी गर्न जिम्मेवारी पाएको विक्री प्रवन्धक एसविआई मर्चेन्ट बैंकले जनाएको छ ।

विक्री प्रवन्धकका अनुसार ६ लाख ५८ हजार २ सय ८८ आवेदकले १ करोड ६ लाख ५२ हजार ५ सय ९० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले ४ लाख कित्ता सेयर मध्ये ५ प्रतिशत अर्थात ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई , ५ प्रतिशत अर्थात २० हजार कित्ता म्युचल फण्डका लागि र वाँकी रहेको ३ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर