ओलीलाई माधव नेपालको बिम्ब : दैत्यदेखि दुर्योधनसम्म – Nepal Press

ओलीलाई माधव नेपालको बिम्ब : दैत्यदेखि दुर्योधनसम्म

धनकुटा- विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समुहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दानव, दैत्य, दुर्योधनलगायत उपमा दिएका छन् । उनले आफ्नो समूहमा परिपक्व कार्यकर्ता र ओलीको समूहमा ‘साइबर स्याल’ भएको दावीसमेत गरे ।

पार्टीको जिल्लास्तरीय विरोधसभामा भाषण गर्ने क्रममा नेपाल ओलीमाथि खनिएका हुन् । उनले नेकपा एकीकरणताका एउटा सोचेको र तर अर्कै भएको गुनासो गरे । आफ्नो समुहलाई उनले घुमाउरो भाषामा मानव, देउता र पान्डबको संज्ञा दिए भने ओली दानव, दैत्य र दुर्योधन भएको आरोप लगाए ।

बिरोध सभामा बोल्नु अगाडि नेपालले आफू बसेको सीएनबी होटलमा पत्रकारसँग कुराकानी गरेका थिए । त्यहाँ पनि उनले ओलीको आलोचना गरेका थिए । नेपालले स्थानीय निकायमा ओलीको बर्चस्व भएको स्वीकार गरे । स्थानीय निकायको टिकट वितरणमा ओलीले झेल गरेर धेरै स्थानीय जनप्रतिनिधि आफ्नो पक्षको पारेको उनले आरोप लगाए ।


प्रतिक्रिया

One thought on “ओलीलाई माधव नेपालको बिम्ब : दैत्यदेखि दुर्योधनसम्म

  1. धेरै असाधारण मान्छेहरुको दिमाग अध्ययनको लागि म्युजियम मा राखिएको हुन्छ !! यिनको पनि राख्नु पर्ने रहेछ: यत्ती खुरापाती र नचाहिने र बेतुकको कुरा गर्ने दिमाग कस्तो तन्तुले बनेको रहेछ ताकी भोली कोही त्येस्तो दिमागको जन्मेछ भने त्येश्लाई निस्कृय पारेर राम्रो सोच्ने बनाउन सकियोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर