दार्चुलामा नहरको पर्खाल भत्किँदा २ जनाको मृत्यु – Nepal Press

दार्चुलामा नहरको पर्खाल भत्किँदा २ जनाको मृत्यु

कैलाली । दार्चुलामा नहरको पर्खाल भत्किँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको अपि हिमाल गाउँपालिकामा मज्जे खोला लघु जलविद्युत आयोजनाको निर्माणाधीन पर्खाल भत्किएको हो ।

पर्खाल भत्किँदा मार्मा गाउँपालिका १ पाकुका ४५ वर्षीय बल्देव महरा र अपि हिमाल गाउँपालिका–६ मज्जेकी ४० बर्षिया गोमती धामीको मृत्यु भएको हो । उनीहरु कामदार रहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

‘प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुग्दै छ’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले भने, ‘कसरी घटना भयो भन्नेबारे त्यसपछि बाहिर आउँछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर