जनयुद्ध दिवसकै दिन पूर्व जनमुक्ति सेनाको राष्ट्रिय भेला, प्रचण्डसँग सम्बन्ध बिच्छेदको घोषणा – Nepal Press

जनयुद्ध दिवसकै दिन पूर्व जनमुक्ति सेनाको राष्ट्रिय भेला, प्रचण्डसँग सम्बन्ध बिच्छेदको घोषणा

रुपन्देही । माओवादी जनयुद्धको २६ औं वर्ष पुगेकै दिन प्रचण्डको आह्वानमा युद्ध लडेका माओवादी ‘जनमुक्ति सेना’को एउटा समूहले प्रचण्डसँगको सम्बन्ध बिच्छेद गरेको छ । बुटवलमा जारी पूर्व जनमुक्ति सेनाको राष्ट्रिय भेलाले केपी ओली नेतृत्वको नेकपालाई साथ दिने निर्णय गर्दैछ ।

फागुन १ गते जनयुद्ध दिवस स्थापना दिवसको दिन पारेर माओवादी जनयुद्धकालमा गठित जनमुक्ति सेनाको राष्ट्रिय भेला बुटवलमा शुरु भएको हो । भेलामा देशभरका करिब ६ सय पूर्वलडाकु सहभागी छन् ।

गणतन्त्रका जिउँदो शहिदलाई जनयुद्धका कमाण्डर पुष्पकमल दाहालले पटक पटक धोका दिएको र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग सम्बोधन गर्ने प्रतिवद्धता गरेकाले आफ्नो भेलापछि ओलीको सभामा सहभागी हुने पूर्व कमाण्डर दुर्गाप्रसाद चौधरीले बताए ।

ठाउँ-ठाउँमा यो भेलामा आउनेलाई प्रचण्ड समूहले रोक लगाएको उनीहरूले गुनासो गरेका छन् ।

‘पश्चिमका सबै क्षेत्रहरुबाट प्रचण्ड समूहको अवरोध छलेर धेरै साथीहरु आउनुभयो, पूर्वमा रोक्ने काम भएको छ, यसको जवाफ हामीले पनि दिन जानेका छौं- पूर्वजनमुक्ति सेनाका संयोजक तथा छैंठौं डिभिजन कमाण्डर दुर्गा चौधरी सन्तोषले नेपाल प्रेसलाई बताए ।

राष्ट्रिय भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, माओवादी जनयुद्धकालका दुई प्रमुख कमाण्डर टोपवहादुर रायमाझी (अनिल) र लेखराज भट्ट (राकेश)ले सम्बोधन गर्दैछन् ।

 


प्रतिक्रिया

One thought on “जनयुद्ध दिवसकै दिन पूर्व जनमुक्ति सेनाको राष्ट्रिय भेला, प्रचण्डसँग सम्बन्ध बिच्छेदको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर